पु.समाचार

क्षत्रीद्वारा पर्वतारोही शेर्पालाई श्री ५ पृथ्वी नारायण शाहको सालिककोे झण्डा

काठमाण्डौ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले नेपालको प्रतिनिधित्व गर्दै विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोहणको लागि जान लागेका पर्वतारोही पेम्वा दोर्जे शेर्पालाई झण्डा हस्तान्तरण गरेका छन् ।

आज जंगी अड्डामा आयोजित विशेष समारोह बीच नेपाल राष्ट्रका निर्माता श्री ५ पृथ्वी नारायण शाहको पूर्णकदको सालिकको रेप्लिका र नेपाली सेनाको झण्डा सर्वाेच्च शिखर सगरमाथामा पु¥याउने कार्यको लागि हस्तान्तरण गर्नु भई पर्वातारोही श्री शेर्पालाई सगरमाथा आरोहणको सफलताको लागि शुभकामना समेत दिएका छन् ।

पर्वतारोही शेर्पालाई हस्तान्तरण गरिएको श्री ५ पृथ्वी नारायण शाहको पूर्णकदको सालिकको च्भउष्अिब नेपाली सेनाका प्यूठ माधव पौडेलले निर्माण गरेका हुन् ।

उक्त समारोहमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको शैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।