पु.समाचार

प्रधानसेनापति क्षत्रीद्वारा बुटवलस्थित नं.२२ बाहिनी अड्डाका निरीक्षण

काठमाण्डौ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार पश्चिम पृतना अन्तर्गत रुकुम जिल्लामा तैनाथ देवीदल गण, दाङ जिल्लामा तैनाथ रिपुमर्दन गण र बुटवलस्थित नं.२२ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त बाहिनी तथा गणहरुकोे स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

निरीक्षण सम्पन्न गर्नु भई प्रधानसेनापति क्षत्री आजै काठमाण्डौं फिर्ता भएको शैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।