राजनीति

प्रधानमन्त्री ओलीले बिदेशी कुटनीतिज्ञलाई निवास बोलाएर ब्रिफिङ दिने

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थीत बिदेशी राजदूतहरुलाई प्रधानमन्त्री निवासमा बोलाएर सरकारको भाबी कार्यक्रम र रणनीतिका बिषयमा बताउने भएका छन् ।

प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटघाटको प्रबन्ध परराष्ट्र मन्त्रालयले मिलाएको र उक्त भेटघाटमा प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तपछि पहिलो स्थिर सरकार बनेकाले सहयोग गर्न आग्रह गर्नेछन् । कुटनीतिक नियोगका प्रमुखसहित बिकास साझेदारहरुलाई बोलाईएको भेटघाट कार्यक्राम उपलब्धिमूलक हुने अनुमान प्रधानमन्त्री सचिवालयको छ ।

ईयूसंग संबन्ध चिसिएकोबेला प्रधानमन्त्री ओलीले कुटनीतिक ब्यक्तीहरुसंग भेटघाट कार्यक्रम राख्नु उचित भने देखिदैन । उक्त कार्यक्रमले प्रधानमन्त्री ओली बिबादमा तानिने सम्भाबना देखिन्छ । नेपालको बिषयमा बोल्दा बिचार पुर्याउन आग्रह गर्ने अनुमान पनि त्यतिकै देखिन्छ ।