सूचना प्रविधि

अदालतलाई प्रविधिमैत्री बनाइने

दमौली, तनहुँ । कामु प्रधानन्यायाधीश दीपकराज जोशीले अदालतबाट हुने काम कारबाहीलाई प्रविधिमैत्री बनाइने तयारी भइरहेको बताएका छन् ।

तनहुँ जिल्ला अदालतले सोमबारदेखि सञ्चालनमा ल्याएको ‘भिडियो कन्फरेन्स’ सेवाको शुभारम्भ गर्दै उनले न्याय सम्पादनलाई छिटो, छरितो बनाउन नयाँनयाँ प्रविधिले सहयोग पु¥याउने बताए ।

व्यास नगरपालिका–६ श्याघा निवासी ‘काले भाई’ भनेर चिनिने २४ वर्षीय बमबहादुर विकको लागुऔषधसम्बन्धी मुद्दाको म्याद थप गरी सो सेवाको शुभारम्भ गरिएको हो ।

जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोेइरालाले लागुऔषध दुव्र्यसनी विकको अदालतबाट ‘भिडियो कन्फरेन्स’मार्फत दोस्रो पटक म्याद थप गराएका थिए ।

कार्यक्रममा सर्वोच्च अदालतका रजिस्टार मेहेन्द्रनाथ उपाध्याय, उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडाल, निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेललगायतले श्रव्य दृश्यको माध्यमबाट प्रहरी कार्यालयबाटै आरोपितको म्याद थप गर्न, बयान लिन यस्तो प्रविधि प्रभावकारी हुने बताए ।