मनोरञ्जन

पहिलो थ्रीडी चलचित्रघर

काँकडभिट्टा । स्थानीय इँटाभट्टामा झापाकै पहिलो थ्रीडी चलचित्र घर ‘सिटी सिनेमा हल’स्थापना भएको छ ।

बिआर (भानु राधिका) ग्यालरीले रु चार करोड लगानीमा स्थापना गरेको सो चलचित्र घर पूर्णरुपमा वातानुकूलितयुक्त छ । हलका सञ्चालक प्रज्ज्वल घिमिरे ‘रेडियो मेची ट्युन्स’का प्रबन्ध निर्देशकसमेत हुन् । हलमा राधिका घिमिरे र प्रज्वल दुवैको लगानी छ ।
दुई सय १६ सिट क्षमता भएको हलमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । एक लाखभन्दा बढी जनसंख्या ओगटेको मेचीनगर र आसपासका दर्शकलाई मनोरञ्जन दिलाउने लक्ष्य हलले लिएको छ ।