आर्थिक

दुई सुन व्यवसायी महासंघ एक हुने

काठमाडौँ । सुनचाँदीका व्यवसायीको संगठनहरु नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ एकीकरण हुने भएका छन् ।

दुवै महासंघका अध्यक्षहरु क्रमशः मोहनकुमार सुनार र रमेश महर्जन संयोजक रहने गरी एकीकृत गर्ने सहमति भएको हो ।

सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न एकीकरण आवश्यक रहेको भन्दै व्यवसायीहरूको माग आएपछि सोही बमोजिम प्रक्रिया अगाडि बढाइएको अध्यक्ष महर्जजनले जानकारी दिए।

व्यवसाय विस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नति, राजश्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासको लागि अब दुवै महासंघ एकिकृत भएर अगाडि बढ्ने उनले जानकारी दिए ।

दुवै महासंघमा १७ हजारको हाराहारीमा व्यावसायीहरु छन् ।