खेलकुद

फुटबल र क्रिकेट खेल सम्वन्धी प्रशिक्षण सम्पन्न

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषद खेलकुद विज्ञान प्रतिष्ठानको तत्वावधान तथा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा भएको फुटबल र क्रिकेट खेल सम्वन्धी ‘लेवल टु’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पोखरामा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद संगै सैद्धान्तिक ज्ञान प्रदान गर्ने र ग्रासरुटबाटनै खेलाडी उत्पादन गर्ने उद्धेश्यले आयोजित प्रशिक्षणमा फुटबल तर्फ ६२ र क्रिकेटमा २० जना ६ देखि १६ वर्ष उमेर समुहका बालबालिकाहरुको सहभागिता रहेको पश्चिमाञ्चल प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीले जानकारी दिए ।

फुटबल तर्फ ‘लेवल टु’ को प्रशिक्षणमा सहभागी ६२ जना मध्ये तिन जना ६ वर्षका र २ जना शारिरिक रुपले फरक क्षमता भएका बालकहरु समेत रहेको प्रशिक्षक शम्भु केसीले बताए । फुटबल प्रशिक्षणमा सहभागी मध्ये किशोर आले मगर प्रथम, शितल तिमिल्सिना द्वितिय र शुसान्त भुजेल तृतिय भए । यता क्रिकेट तर्फ ‘लेवल टु’मा सफल श्रेष्ठ प्रथम र सुमन पन्त द्वितिय भए । फुटबलको लेवल वनमा मिलन चन्द प्रथम, सुमित बास्तोला द्वितिय र अंगत हिराचन तृतिय भए ।

लेवल वन र लेवल टु को प्रशिक्षणको समापन कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद खेलकुद विज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रतीले खेलकुद र शिक्षालाई जोड्दै बालबालिकालाई वैज्ञानिक ढङ्गले प्रशिक्षित गर्न प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमलाई महत्वका साथ अगाडी वढाएको बताए । उनले पोखरामा फुटबल, क्रिकेट र टेबलटेनिस खेलको प्रशिक्षणलाई यथासिघ्र अगाडी बढाइने जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ, विज्ञान प्रतिष्ठानका निर्देशक उप्रेती लगाएतले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

यसै क्रममा खेलकुद बिज्ञान प्रतिष्ठानका निर्देशक नविन उप्रतीले प्रशिक्षण्का दौरान एक बर्षका लागि आवश्यक फुटबल, क्रिकेट र टेवल टेसिका खेल साभाग्री पश्चिमाञ्चल खेलकुद विका समितिका अध्यक्ष खगराज पोडेललाई हस्तान्तरण गरे ।