आर्थिक

सःमिल सञ्चालकद्वय पक्राउ

कञ्चनपुर । बेलौरी नगरपालिका १० भुडामा शुक्रवार साँझ ठुलो परिणाममा अवैध काठसहित सःमिल सञ्चालक पक्राउ परेका छन् ।

एकसठ्ठी थान अवैध सिसौका गोलियासहित सःमिल सञ्चालक भुपेन्द्र पन्त र देवराज पन्तलाई प्रहरीको क्षेत्रीय विशेष अनुसन्धान आरआइटी टोली र ईलाका प्रहरी कार्यालय बेल्डाँडीको संयुक्त टोलीले काठसहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका वन कार्यालय सिंहपुरको हिरासतमा राखिएको छ । सःमिल सञ्चालन गर्दै आएका देवराजको सःमिल बाट ३६ गोलिया र भुपेन्द्रको सःमिल बाट २५ गोलिया सिसौको काठ बरामद भएको वन कार्यालयका कर्मचारी मोविद अन्सारीले बताए ।

जिल्ला वन कार्यालय कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले अवैध काठ तस्करीमा संलग्न पक्राउ परेका सःमिल सञ्चालक माथि वन ऐन अन्र्तगत कारवाही गरिने बताए।