राजनीति

सभापति देउवाका बिरुद्धमा ध्रुबिकरण हुने संकेतका साथ दोस्रो दिन पनि चलिरहेको छ काँग्रेस  बैठक

काठमाण्डौ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैंठक दोस्रोदिन शनिबार पनि संचालन भईरहेको छ । शुक्रबारबाट शुरु भएको केन्द्रीय समिति बैठकमा शुक्रबार पार्टीका पूर्ब महामन्त्रीहरु कृष्ण प्रसाद सिटौला र प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. नारायण खड्का लगायतले धारणा राखेका थिए ।
आज पनि बिभिन्न नेताहरुले स्थानीय तहको निर्बाचन, प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनमा पार्टीले खेलेको भूमिका र आगामी चाल्नुपर्ने कदमका बिषयमा कुरा राख्ने बुझिएको छ । शुक्रबार नेता सिटौलाले निर्बाचनका बेला सभापति देउवा एकलौटी ढंगले अगाडी बढेका कारण पार्टी पराजय भोगेको आरोप लगाएका थिए भने नेता सिंहले ९ बुंदे लिखित असहमती पत्र नै पेश गरेर सभापति देउवाको बिरोधका उत्रिएका थिए ।
केनद्रीय सदस्य तथा प्रभाबशाली नेताहरुले बोल्ने लिष्ट लामे भएक कारण बैठक केही दिन लम्बिन सक्ने मूख्यसचिब कृष्णचन्द्र पौडेलले बताएका छन् । केन्द्रीय सदस्य तथा अन्य पदाधिकारीले बैठकमा कुरा राखिसकेपछि सभापति देउवाले प्रतिरक्षत्मक उत्तर देनेछन् । यसपटकको कार्यसमिति बैठकमा सभापति देउवाले सबैलाई खुलेर आफ्ना कुरा राख्न दिएका छन् ।

नेताहरु सभापति देउवाको पिबरुद्धमा धु्रबिकरण भईरहेको देखिएको छ । प्रकाशमान सिंह र कृष्ण सिटौला एक समयमा पानी बाराबारको अवस्थामा भएपनि एजेण्डाका हिशाबले उनीहरु एक भएको देखिन्छ । माहामनत्री शसांक कोईरालाको भने सभापति देउवाप्रति नरम नीति यथावत रहने सम्भाबना देखिन्छ ।