पर्यटन/संस्कृति

बलिप्रथा, लैंगिक विभेद र बोक्सी आरोपविरुद्ध धार्मिक अगुवा

गुलरिया, बर्दिया । महिला हिंसाविरुद्धको राष्ट्रिय सञ्जालअन्तर्गत अन्तर धार्मिक अगुवाको जिल्लास्तरीय समिति देवेन्द्रराज सिग्देलको अध्यक्षतामा गठन भएको छ ।

सदरमुकाम गुलरियामा शुक्रबार त्यसअघि आयोजित धार्मिक अगुवाको छलफल कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले बालविवाह, बलिप्रथा, घुङटो र दाइजोप्रथा, लैंगिक विभेद, बोक्सी आरोपलगायत कुरीतिलाई हटाउनुपर्नेमा जोड दिए । बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले धार्मिक नीतिनियम समयअनुरुप परिवर्तन हुनुपर्ने तथा समाजिक एर्व धार्मिक अगुवाले महिला हिंसाविरुद्धका नीति प्रदेश र गाउँस्तरमा बनाउनुपर्ने औँल्याए ।

महिला हिंसाविरुद्धको अन्तर धार्मिक राष्ट्रिय सञ्जालका सचिव हर्ष थापा, हिन्दू धर्मका गुरु धर्मेन्द शर्मा, मुसलमान अगुवा मो अतिक अहमद र बडघरका छङ्गला थारुले हिन्दू, बुद्ध, मुसलमान र इसाइ सम्पूर्ण धार्मिक गुरुलाई महिला हिंसाविरुद्ध अभियान चलाउन अनुरोध गरे । नेपाल पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष मेनका चौधरी र जिल्ला समन्वय समितिका वरिष्ठ कार्यक्रम अधिकृत पार्वती पण्डितले महिलाविरुद्ध हुने तथा समाजमा रहेका कुरीति, विसंगतिविरुद्ध सबै एक भई निराकरण गर्नुपर्ने बताए ।