देश

महासंघ स्थापना दिवसमा पूर्वसभापतिलाई सम्मान

काठमाण्डौ । नेपाल पत्रकार महासंघले महासंघको ६३ औंँ स्थापना दिवस पूर्वसभापतिलाई सम्मान गर्नाका साथै रक्तदान तथा चियापान कार्यक्रम गरी मनाउने भएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज बसेको बैठकले यही चैत १६ गते स्थापना दिवस मनाउन महासचिव रमेश विष्टको संयोजकत्वमा सचिव रामप्रसाद दाहाल, प्रकाश थापा, शीतलप्रसाद महतो, लक्ष्मी पुन, रेम विश्वकर्मा र उदय जीएम रहेको सात सदस्यीय समिति गरेको सचिव थापाले जानकारी दिए ।
महासंघका सबै शाखा, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखालाई पनि रचनात्मक कार्यक्रम गरी दिवस मनाउन आह्वान गरिएको छ ।