आर्थिक

नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार

काठमाडौं । आइएमईले नयाँवर्ष २०७५ लाई लक्षित गरी ‘नयाँवर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक ब्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । २०७४ साल चैत ०१ गतेदेखि जेठ मसान्त २०७५ सम्म गरी तीन महिनाकायम हुने यस योजना अन्तर्गत विदेशबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले साप्ताहिक‘लक्कीड्र«’माडिस होम, मासिक ‘लक्कीड्र«’मा स्मार्ट फोन बम्पर‘लक्कीड्र«’मा ४२ इन्चको एलइडी टिभी प्राप्तगर्न सक्नेछन् ।

योजना अवधिमा गरिएका कारोबारहरुको‘लक्की ड्र’ ट्रान्जेक्सन नम्बरका आधारमा सफ्टवेयर पद्वति मार्फत हुने रसोको जानकारी कम्पनीका आधिकारिक सामाजिक संजाल पेज र संचारका माध्यम मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै मलेसियास्थित रिया आइएमईले नेपाली नयाँवर्ष २०७५ को अवसरमा ‘न्यू इयर बोनन्जा’ स्किम सार्वजनिक गरेको छ ।यो योजना चैत ०६, ०७४ देखि वैशाख १७, ०७५ (तदनुसार २० मार्चदेखि ३० अप्रील, २०१८ ) गरि ४० दिनसम्म कायम हुनेछ । योजनाअन्तर्गत मलेसियास्थित रिया आइएमईबाट आइएमई गर्नुहुने सेवाग्राहीहरूले पाक्षिक रुपमा स्मार्ट फोन र महिनाको अन्त्यमा ३२ इन्चको एलइडी टिभी प्राप्तगर्न सक्नेछन् ।