आर्थिक

इपिएस परीक्षाको शुल्क ग्लोबल आइएमई बैंकका ११८ शाखाहरुबाट संकलन

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गरेको छ । ग्लोबल आइएमई बैंक कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन गर्ने एकमात्र बैंक हो ।

गत बर्ष जस्तै यस वर्षपनि बैंकले बिहीबार चैत्र १७ गतेसम्म सञ्चालन हुने ९ औँ इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क पूर्व मेचि देखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना ११८ शाखाहरुबाट संकलन गर्ने व्यवस्था मिलाएको हो ।

नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग संगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंकका देशभर रहेका ११८ वटा शाखाहरु मार्फत परीक्षा शुल्क संकलन गरिएको कारण सेवाग्राहीहरुले सहज तरिकाले परीक्षा शुल्क बुझाउन पाएका छ्न ।