समाचार

पाकेटमारलाई छुटाउनको लागि प्रहरीलाई मोटो रकम घुष दिनखोज्ने पक्राउ

काठमाण्डौ । नेपाल प्रहरीको महानगरिय प्रहरी प्रभाग काठमाण्डौले पकेटमारलाई छुटाउन प्रहरीलाई मोटो रकमको प्रलोभन दिन खोज्ने ब्यक्तीलाई पक्राउ गरि कारबाही अगाडि बढाएके छ ।

सार्बजनिक यातायातमा पाकेटमारी तथा चोरी हुने गरेको भन्ने उजुरीको आधारमा महानगरीय प्रहरी बृत्त गौशालाले पाकेटमारी नियन्त्रण गर्नको लागि बिशेष योजना बनाएर अगाडि बढ्दा उक्त कारबाहि अगाडि बढेको हो ।

प्रहरी टोली खटाउदा कोटेश्वरबाट चाबहिल तर्फ आउदै गरेको सार्बजनिक यातायातमा यात्रा गरिरहेका सरोज कार्कीको साथमा रहेको ७५ पचहत्तर हजार रकम काभ्रे धुलिखेल घर भई हाल ललितपुर ग्वार्को बस्ने बर्ष २४ को आले भन्ने बिबेक लामा सहितको समुहले पाकेटमार गर्दा गर्दै बुधबार साँझाको समयमा सिनामंगलबाट बिबेक लामालाई प्रहरीले रंगेहात नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई अनुसन्धान गरिरहेको थियो।

लामा पक्राउ परेपछि निजकी श्रीमती धुलिखेल घर भई हाल ग्वार्को बर्ष २३ कि शर्मिला तामाङले आफ्नो श्रीमान छुटाउन को लागि प्रहरीलाई तीन लाख २४ चौबिस हजार घुष दिने भनी प्रहरीलाई आर्थिक प्रलोभन दिएकोमा प्रहरीले बिशेष योजना बनाई उक्त पाकेटमारलाई छुटाउनको लागि प्रहरीलाई रकम दिन खोज्ने अभियुक्त विवेक लामाको श्रीमती बर्ष २३ कि शर्मिला तामाङलाई बुधबार राती काठमाण्डौको बनकालीबाट रिसवत बापतको रकम जम्मा तीन लाखा ,२४ हजारसहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको काठमाण्डौ जिल्ला परिसरले जनाएको छ ।

साथै अभियुक्त बिबेक लामाको श्रीमतीले प्रहरीलाई आर्थिक प्रलोभन देखाई अनुसन्धान प्रभाबित बनाई आफ्नो पती छुटाउने र अन्त्यमा प्रहरीलाई नै षड्यन्त्र गरी फसाउने समेत योजना रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाई छ ।

प्रहरीलाई रिसवत दिई अनुसन्धान प्रभाबित बनाउने योजना बनाईएता पनि प्रहरीको ब्याबसायिकता तथा आर्थिक अनियमिततामा शुन्य सहनसिलता नीतिको कारण रिसवत दिन खोज्नेलाई नै पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाही प्रकृया अगाडी बढाईएको प्रहरीको भनाई छ ।

अनुसन्धानको क्रममा बिभिन्न ब्यक्तिहरुको समुह बनाई सार्वजनिक यातायातमा पाकेटमारी गर्ने गरेको, उक्त समुहमा योजना बद्ध ढङ्गले कसैले भिड गर्ने, कसैले घचेट्ने तथा कसैले रकम तथा गरगहना निकाल्ने गरेको पाईएको अनुसंधानबाट खुलेको छ।

पीडितले थाहा पाएमा पाकेटमारले रकम भुईमा फाली पूनः रकम टिपेर पीडितलाई तपाईको रकम भुईमा झरेको रहेछ भनी फिर्ता दिने तर पीडितले उक्त कुरा थाहा पाएमा पीडितलाईनै उल्टै कुटपिट गरी फरार हुने गरेको समेत खुल्न आएको प्रहरीको प्रारम्भीक अनुसंधानले देखाउछ ।