समाचार

गोही होलीमा निर्माणाधिन पुल शिलान्यास

पथरी, मोरङ । स्थानीय पथरीशनिश्चरे स्थिते पिपलचोक भोटेघुम्तीस्थित गोही होलीमा पुल निर्माण हुने भएको छ ।।नगरपालिका प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष डम्बर चेम्जोङ, इन्जिनियर कृष्णप्रसाद कोइरालासहितले सो पुल शिलान्यास गरे ।

नगरपालिकाको नगर विकास योजनाअन्तर्गत रु ३५ लाख, उपभोक्ताबाट रु पाँच लाख २५ हजार र जनश्रमदानबापतको रु ५७ हजार ४८१ गरी कूल रु ४० लाख ८२ हजार ४८१ को लागतमा पक्की पुल बन्ने भएको उपभोक्ता समिति अध्यक्ष चन्द्रबहादुर थेगिमले बताए ।