समाचार

ब्यूरोले पक्राउ गर्यो ४ किलो अफिमसहित ३ जना लागू औष गिरोह

काठमाण्डौ । नेपाल प्रहरीको लागू औषध ब्यूरोले सोमबारको अप्रेशनबाट चार किलो अफिम बरामद गरेको छ । साँझको समयमा लागुऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा जिल्ला मकवानपुर बकैया गाउंपालिका वडा नं.६ ज्यामिरे घर भएका बर्ष २९ को सोम बहादुर तितुङको साथबाट लागु औषध अफिम २ केजी बरामद गरेको छ ।

यस्तै मकवानपुरगढी गाउँपालिका वडा नं. –१ रानीशेरा घर भएका बर्ष ३० को बज्र बहादुर भोम्जनको साथबाटलागु औषध अफिम १ के.जि. र ऐ।मकवानपुरगढी गाउँपालिका वडा नं. ३ शिखरकटेरी घर भएका बर्ष २६ को प्रेम बहादुर थिङको साथबाट लागु औषध अफिम १ के.जि. गरी जम्मा ४ (चार) किलो लागु औषध अफिम सहित जिल्ला काठमाण्डौ दक्षिणकाली वडा नं. ५ त्रिभूवन आदर्श माबि अगाडी सडक किनाराबाट पक्राउ गरिएको जनाएको छ।

अभियुक्तहरु उपर यस कार्यालयबाट आवश्यक अनुसन्धान अघि बढीरहेको आज गरेको ब्यूराको पत्रकार सम्मेलनमा डीआईजीपी ठूले राईले बताए ।