पु.समाचार

लागूपदार्थ दुव्र्यसनीले युवा ग्रसित

अर्घाखाँची । पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले लागूपदार्थ दुव्र्यसनीले दिनदिनै युवा ग्रसित बन्दै गएको बताएका छन् ।

लागूपदार्थ दुव्र्यसनीले व्यक्ति, समाज र राष्ट्रलाई हित नगर्ने भन्दै उनले युवा लागूपदार्थ दुव्र्यसनीमा फस्नु ठूलो समस्या भएकाले लागूपदार्थ सेवन तथा ओसारपसार नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए । गृह मन्त्रालय, लागूऔषध नियन्त्रण कार्यालयको आयोजना र जिल्ला प्रशासन कार्यालयको समन्वयमा हिजो यहाँ आयोजित लागूऔषध नियन्त्रणसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले लागूऔषधबाहेक चेलीबेटी बेचबिखन पनी मुख्य समस्या भएको बताए ।

जिल्ला समन्वय समितिका सभापति पिताम्बर भुसालले लागूपदार्थको दुव्र्यसनीका कारण ऊर्जाशील युवाको जत्था अँध्यारोतिर उन्मुख भएको र नेपाली धर्म र परम्पराले पनि लागूपदार्थ सेवनलाई प्रश्रय दिईरहेको बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले अर्घाखाँचीमा अफिमजन्य लागूपदार्थका दुव्र्यसनी नभएको तर गाँजा, भाङ, धतुरो सेवन गर्नेको संख्या अत्यधिक छ भन्दै प्रहरीको एक्लो प्रयासले मात्र केही नहुने भएकाले सबै क्षेत्रबाट सक्रीय सहयोग हुनुपर्ने बताए ।