राजनीति

उपराष्ट्रपति पुनद्वारा शपथ

काठमाडौँ । नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराउनुभएको हो ।

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो ।

उनी आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका थिए ।