देश

ब्लास एकेडेमी टिम च्याम्पियन

काठमाण्डौ । ब्लास एकेडेमी ईन्द्रसरोबर कप प्रथम गाउँपालिका अफिसियल कराते प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । ब्लासले ६ स्वर्ण, ६ रजत र ३ कास्यका साथ उपाधी उचालेको हो ।

दोश्रो भएको अनन्त योग स्कुलले ४ स्वर्ण, ६ रजत र ६ कास्य प्राप्त ग¥यो । आयोजक चौकोट देवी डोजोले ४ स्वर्ण, २ रजत र ५ कास्यका साथ तेश्रो स्थान प्राप्त गरेको कार्यक्रम संयोजक रश्मि ओजस्वीले बताईन् ।

मकवानपुरको ईन्द्रसरोवरमा आयोजना भएको प्रतियोगितामा कुमिते तर्फ पुरुषमा पुष्पराज नेगी र महिला तर्फ अन्जली महर्जन तथा काता तर्फ पुरुषमा सुदेश वास्तोला र महिला तर्फ गीता सुनुवार उत्कृष्ट खेलाडी चुनिए । यस्तै प्रतियोगिताको उदियमान खेलाडीमा भूमी थापा मगर र ईसान सापकोटा घोषित भए ।

दुई दिने प्रतियोगिताको विजयी खेलाडीहरुलाई प्रमुख अतिथी प्रदेश नं. ३ का सांसद कुमारी मोक्तान, ईन्द्रसरोवर गाँउपालिका प्रमुख जीवन लामा, नेपाल सोतोकान (एसकेडियुएन) कराते संघका महासचिव गोविन्द्र श्रेष्ठ लगायतले ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रतियोगिताका दौरान आयोजक चौकोट देवी डोजोलाई उक्त क्षेत्रमा कराते खेलको विकासमा सहयोग पु¥याउने उद्धेश्यले नेपाल सोतोकान (एसकेडियुएन) कराते संघका महासचिव गोविन्द्र श्रेष्ठले खेल सामाग्री प्रदान गरेका थिए ।

प्रतियोगितामा काठमाण्डौ, ललितपुर, भक्तपुर, मकवानपुर, सर्लाही, दोलखा लगायत विभिन्न डोजोका सोतोकान (एसकेडियुएन), सितोरियो, वादोकाई कराते संग सम्वन्धित १०० पुरुष र ८० महिला खेलाडीहरुको उपस्थिती रहेको थियो ।