समाचार

बिबादास्पद चौधरीमाथीको आक्रमण बिप्लब माओबादीलाई चन्दा नदिएको कारण : प्रहरी

काठमाण्डौ । नेपाल प्रहरीको प्रारम्भीक अनुसंधानबाट घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीमाथी भएको आक्रमण नेत्रबिक्रम चन्दका कार्यकर्ताले गरेको खुलेको छ । चन्दका १३ जना कार्यकर्तामाथी किटानी जाहेरी परेको भएपनि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

बिप्लब माओबादीका केलाली जिल्ला प्रमुखले विज्ञप्ती जारी गर्दै उक्त घटनामा संलग्नता नरहेको बताएपनि प्रहरीले चन्दा माग्ने, आफ्नो मान्छेलाई जागीर हालिदिनुपर्ने दबाब आएपनि मेयर चौधरी उक्त कुरामा असहमत रहेका थिए ।

नेकपा एमालेबाट मेयरमा निर्बाचित भएका चौधरी घटना हुनु केहीदिन अगाडीमात्र स्थानीय राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपीटको घटनासंग जोडिएर आएका थिए । उनलाई नेकपा एमालेका अध्यक्ष एबम् प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अनुसंधान गरि कारबाही गर्न निर्देशन दिइसकेका थिए । प्रधानमनत्ती ओलीले निर्देशन दिएको भोलीपल्ट नै चौधरीलाइ आक्रमण भएको थियो ।

बिप्लब माओबादीले झुटा मुद्धामा आफ्नो नेता कार्यकर्तालाई पसाएको भनदै शनिबार कैलाली बन्द आयोजना गरेको छ । केलालीका एसपी बिनोद घिमिरेले राजनीतिक आग्रह पुर्बाग्रह नराखी दोषीलाई कारबाही गरिने बताए ।