पर्यटन/संस्कृति

अनिस फेरि सगरमाथा चढ्ने

काँकडभिट्टा । प्रथम झापाली सगरमाथा आरोही अनिस लुइँटेलले फेरि सगरमाथा आरोहण गर्ने भएका छन् । अमेरिकामा हुन लागेको ‘२४औँ वल्र्ड स्काउट जेम्बोरी’को लोगो सर्वोच्च शिखर सगरमाथामा पु¥याउन लुइँटेल आरोहणमा जान लागेका हुन् ।

यही चैत २५ गते शिखरमा पुग्ने लक्ष्यका साथ यस पटक चीनतिरको बाटोबाट सगरमाथा आरोहण गर्ने उनले जानकारी दिए ।

मेचीनगर–९ का २४ वर्षीय अनिसले नेपालको नयाँ संविधान बोकेर २०७३ जेठ ८ गते पहिलोपटक नेपालतिरको बाटो भएर सगरमाथाको चुचुरो सफलतापूर्वक आरोहण गरेका थिए ।