शिक्षा

झापामा १६ हजार विद्यार्थी एसईई परीक्षामा

बनियानी, झापा । झापाबाट यस वर्ष १६ हजार परीक्षार्थीले एसइई परीक्षा दिने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने परीक्षामा नियमिततर्फ १५ हजार २४६ र एक्जाम्टेडतर्फ ८१४ जना गरी १६ हजार १६ जना परीक्षार्थी एसइईमा सहभागी हुने जिल्ला शिक्षा कार्यालय झापाका उप जिल्ला शिक्षा अधिकारी होमनाथ भण्डारीले जानकारी दिए ।

उनका अनुसार ५४ वटा परीक्षा केन्द्रबाट नियमित र दुईवटा परीक्षा केन्द्रबाट एक्जाम्टेड विद्यार्थीले परीक्षा दिनेछन् । एक्जाम्टेड विद्यार्थीका लागि बिर्तामोडस्थित महेन्द्र रत्न उच्च मावि र दमकस्थित पृथ्वी मावि तोकिएको छ ।

“परीक्षाका लागि आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका आइसकेको छ”, उपजिशिअ भण्डारीले भने, “सम्बन्धित केन्द्रमा उत्तरपुस्तिका पु¥याइसकिएको छ ।”