सूचना प्रविधि

क्लास्सिक टेकको काठमान्डौमा थप ४ शाखा

काठमाण्डौ । नेपालको द्रुत गतीमा अगाडी बढी रहेको ईन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदायक संस्था क्लास्सिक टेकले ४ नयाँ स्थानहरुमा आफ्नो शाखाखाहरुको बिस्तार गरेको छ ।

बुधबार क्लास्सिक टेकका प्रबन्धक निर्देशक, निशा खरेलले सम्पूर्ण शाखाहरुको उद्घाटन गरेकी हुन् । कम्पनीले आफ्नो २० औं गठ्ठाघर शाखा, गठ्ठाघर चोक भक्तपुरमा, २१ औं ललितपुर शाखा थसिखेल, ललितपुरमा, २२ औं किर्तिपुर शाखा ट्याङ्लाफाट, किर्तिपुर र २३ औं बालाजु शाखा माछापोखरी , बालाजु, काठमान्डौमा सुरु गरेको छ ।

छिटो भन्दा छिटो र भर्पर्दो सेवा उपलब्ध गराउने नै शाखा बिस्तार को मुख्य उद्धेस्य हो । साथै रकम भुक्तान वा रिचार्जलाई सर्बसुलभ बनाउन विभिन्न अन्लाईन भुक्तान तथा अन्लाईन बैंकिंग सेवाको लागि सहकार्य अघी बढाइ सकेको छ भने भिजा, मास्टर कार्ड स्वाइप गरी भुक्तान गर्ने अप्सन को लागि पनि काम अघी बढेको छ ।

क्लास्सिक टेकको ईन्टरनेट, इन्ट्रानेट तथा आइ. सी. टी सम्बन्धित सेवाहरुमा ८ बर्ष को अनुभव छ । यती छोटो समयमा नेपालको ७२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ ।

हाल २३ स्थानमा आफ्ना शाखास्थापना गरीसकेको यस कम्पनीमा १००० भन्दा बढी दक्ष कर्मचारी आबद्ध छन भने ४०००० भन्दा बढीग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

बिस्वकै उत्कृष्ट जिपोन प्रबिधीमा आधारित फाइबर टु होम सेवाकोमध्यमबाट ईन्टरनेट सेवा नेपालमा मुख्य शहरहरुमा उपलब्ध गराइसकेको छ ।