समाचार

निलम्बित प्रधानन्यायाधीश पराजुलीद्वारा राजीनामा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदबाट राजीनामा दिएका छन्।

उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि आज उनले शीतल निवास पुगी पदबाट राजीनामा दिएका हुन्।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ ।

सर्वोच्च अदालतमा आजैदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गरेका छन् । आजै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी हुनेछन् ।