शिक्षा

पूर्व उपकुलपति शर्माको निधन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ ।

कलेजोको शल्यक्रिया गरिएका डा शर्माको रुसको सेन्ट पिटर्सबर्गमा गएराति निधन भएको हो ।

विश्वविद्यालयका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आफूहरुले शर्माको निधनबारे आज जानकारी पाएकाले शुक्रबार कीर्तिपुरमा शोकसभा कार्यक्रम राखिएको जानकारी दिए ।