समाचार

राष्ट्रपतिको शपथ आज अपरान्ह ४ः०० बजे

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ः०० बजेका लागि तय भएको जानकारी दिए ।
राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी उनको कार्यकाल पाँच वर्षको हुनेछ ।