विशेष

शिरोमणिको जन्मजयन्तीः ईतिहासबिदहरु भन्छन्, ‘सहीद र बिभूतिको पुनःमूल्याँकन हुनुपर्छ’

काठमाण्डौ । ईतिहास शिरोमणि बाबुराम आचार्य प्रष्ठिानको १३१ औं जन्मय जयन्ती कार्यक्रम काठमाण्डौमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले ईतिहास शिरोमणि बाबुराम आचार्यले आँखा नदेख्ने अवश्थामा समेत नेपालको वास्तबिक ईतिहास लेखेको दाबी गरेका छन् । कुलपति उप्रतिले उनले राम्रा प्रकाशनहरुपनि गरेको भन्दै प्रकाशनहरुलाई अंग्रेजीमा ट्रान्सलेट गरी अन्तराष्ट्रिय लेवलमा प्रमाणहरुको रुपमा रहनेगरी कार्य गर्न आग्रह गरेका छन् ।

उनले आवश्यक परे प्रज्ञा प्रतिष्ठानले सहयोग र सहकार्य गर्ने प्रतिज्ञा गर्दै शिरोमणि प्रतिष्ठान खुलेकोमा सकृयलाई धन्यबाद समेत दिएका छन् ।

उक्त कार्यकममा प्रा. डा. निरञ्जनमान सिंह बस्न्यातले, प्रा. डा. सुरेन्द्र केसी, प्रा. डा. राजेश गौतम, पूर्ब राजदूत राजेश्वर आचार्य लगायतका वक्ताहरुले बाबुराम आचार्यले मुलुकलाई पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।

ईतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष तुलसीराम बैद्यको सभापतित्वमा भएको कार्यक्रममा त्रिभूबन बिश्वबिद्यालय ईतिहास केन्द्रीय बिभाग, नेपाल ईतिहास संघ र आचार्य बन्धु समाज नेपाल को आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा मलेशियाका लागि नेपालका पूर्ब राजदूत प्रा. डा. निरञ्जनमान सिंह बस्न्यातले नेपालका राष्ट्रिय बिभूतिहरुलाई रिभ्यू गर्नुपर्ने दाबी गर्दै नेपालको ईतिहासका लागि बाबुराम आचार्यले अतुलनीय योगदान गरेको बताएका छन् । कार्यक्रममा प्रा. डा. बस्न्यातले जनक र सीताको उदाहरसमेत दिएका थिए ।

अर्का वक्ता चीनका लागि नेपालका पूर्ब राजदूत राजेश्वर आचार्यले नेपालले २०१५ सालमा प्रधानमन्त्री बिपी कोईराला चीन भ्रमण गर्दा आफ्नो पहिचान झल्किने नाम सगरमाथा रहेको बताएर मुलुकको शीर ठाडो भएकोमा सबै नेपालीले गर्व गर्नुपर्ने बताउदै उनले सगरमाथा नामाङ्करण नगरेको भए, आजसम्म पनि नेपालको नाम झोमोलोङमा रहेने दाबी गरेका थिए । पूर्बराजदूत आचार्यले आँखा नदेख्ने अवस्थामा समेत अन्तराष्ट्रिय स्तरका पुस्तक समेत लेखेको स्मरण गर्दै शिरोमणि आचार्यको योगदानको राज्यले उचित कदर गनुपर्ने बिचार ब्यक्त गरेका छन् ।

ईतिहास संघका अध्यक्ष वक्ता अध्यक्ष प्रा. डा. सुरेन्द्र केसीले मुलुकमा १० हजार सहीद घोषणा गर्नु गलत भएके बिचार गर्दै सहीद र बिभूतिको पुनःलेखन हुनुपर्ने बताएका थिए । राजीतिक बिश्लेशक समेत रहेका प्रा. डा. केसीले आफूले काँग्रेसको काम गर्दा काँग्रेसी भनेको र कम्न्युष्टको काम गर्दा कम्न्युष्टको काम गरेको भन्ने आरोप आएको बताउदै पञ्चायत कालमा बिभूति घोषणा गर्दा राजनीतिकरण भएजस्तै प्रजातन्त्र आएपछिपनि सहीद घोषणामा राजनीतिकरण भएको बिचार ब्यक्त गरेका थिए । प्रा.डा. केसीले मृत्युभएकाहरुलाई अवमूल्यन गर्न नहुने धारणा राख्दै संखधर साख्वाको कुरा समेत उठाएका थिए । उनले ईतिहास शिरोमणिमात्र नेपालको ईतिहासका लागि महत्वपूर्ण ब्यक्ती भएके दाबी समेत गरेका थिए ।

प्राज्ञ प्रा. डा दिनेशराज पन्त, प्रा. डा.राजेश गौतम, आचार्य बन्धु समाज नेपालका कार्यबाहक अध्यक्ष शुरेस आचार्य, ईतिहास शिरोमणि बाबुराम आचार्य प्रतिष्ठानका महासचिब बाबुराम आचार्यले ईतिहाश शिरोमणि बाबुराम आचार्यले ईतिहास लेखनको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका राज्यले कदर गर्नुपर्ने बिचार ब्यक्त गरेका थिए ।

कार्यक्रमका सभापति समेत रहेका लुम्बिनी बौद्ध बिश्वबिद्यालयका पुर्ब उपकुलति एबम् ईतिहास शिरोमणि बाबुराम आचार्य प्रतिष्ठानका अध्यक्ष तुलसीराम बैद्यले आफूहरुले धेरै समयको मेहेनतका साथ प्रतिष्ठान स्थापना गरेकोले सबैले पबित्र मनले उक्त प्रतिष्ठानका कामलाई सहयोग र समर्थन गर्न अनुरोध गरेका थिए ।

कार्यक्रममा सीमाबिद बुद्धिनारायण श्रेष्ठ, प्राडा मीना ओझा, डा. ढाकाराम साप्कोटा लगायत प्रबुद्ध बर्गहरुको बाक्लो उपस्थिति थियो ।

 

 

-कार्यक्रममा मन्तब्य दिनुहुंदै प्रा. डा. सुरेन्द्र केसी
-कार्यक्रममा उपस्थित सीमाबिद बुद्धिनारायण श्रेष्ठ लगायत