समाचार

राष्ट्रपति निर्वाचनमा मतदान कार्य सम्पन्न

काठमाण्डौ । निर्वाचन आयोगले प्रकाशन गरेको राष्ट्रपति निर्वाचन कार्यक्रम बमोजिम आज मिति २०७४ साल फागुन २९ गते नयाँ बानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा मतदानको कार्य सम्पन्न भएको छ ।

विहान ठिक १०ः०० वजेबाट शुरु भएको मतदानमा मतदानको निर्धारित समय दिउसो ३ः०० वजेसम्म ३२६ जना संघीय संसदका सदस्यहरु र ५३६ जना प्रदेश सभाका सदस्यहरु गरी कूल जम्मा ८६२ जना (९७.९५ प्रतिशत) सदस्यहरुले उत्साहजनक रुपमा मतदानमा भाग लिएका छन् । मतगणना कार्य ४ः०० वजेदेखि शुरुगर्ने गरी तयारी भैरहेको छ । उक्त कुरा निर्बाचन आयोगका सहसचिब नवराज ढकालले बताएका छन् ।