आर्थिक

संघीय संरचना बमोजिम प्रभु बैंकको शाखाकार्यालय सञ्चालन

काठमाण्डौ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिकामा १ र कास्की जिल्लाको माछापुछ्रे गाउँपालिकामा १ गरी २ वटा शाखाकार्यालय आजदेखि सञ्चालनमा ल्याएको छ । बागलुङ जिल्लाको बरेङ्ग गाउँपालिका वडा नं. २ स्थित बैंकको बरेङ्ग शाखाबरेङ्ग गाउँपालिकाकी अध्यक्ष कृष्ण प्रसादशर्माबाट एक समारोहकाविच समुद्घाटन भएको हो । त्यसैगरी कास्की जिल्ला माछापुछ्रे गाउँपालिका वडा नं. ४ स्थित माछापुछ्रे शाखा माछापुछ्रे गाउँपालिका उपाध्यक्ष सुष्माकुमारी दबाडीबाट समुद्घाटन भएको हो ।

शाखाकार्यालय उद्घाटन कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक कदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवी लगायतठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएका बैंकका बरेङ्ग शाखाकार्यालय र माछापुछ्रे शाखाकार्यालय बाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।