राजनीति

बोक्सीको आरोपमा कुटपीट गर्ने मेयर बिरुद्ध प्रधानमन्त्रीले दिए सिडिओलाई कारबाही गर्न यस्तो कडा निर्देशन

काठमाण्डौ । नेकपा एमालेले बोक्सीको आरोपमा मुक्दर्शक बनेका कार्यकर्ता तथा मेयर रामबहादुर चौधरीलाई कारबाही गर्ने बटताएको छ । सबैतिरबाट नेकपा एमालेको बिरोध भईरहेका बेला एमलेको तर्फबाट मेयर बनेका चौधरीले बोक्सीको आरोप लगाई कुटपीट गर्दा मिलापत्र गर्न उल्टै दबाब दिएको भन्दै मेयर चौधरीबिरुद्ध सामाजिक सञ्जाल खनिएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मेयरलाई पक्राउ गरी आवश्यक अनसंधान र दोषी देखिए कारबाही गर्न प्रधानमनत्ती कार्यलयबाट लिखित पत्र समेत पठाएका छन् । प्रहरी कार्यालयमा मिलापत्रमा हस्ताक्षर समेत गरेका मेयर समेत एमालेका जिम्मेवार नेताहरुले आफ्रहरुलाई उक्त घटना थाहा नभएके जिकरि गरेका थिए ।

एक वित्रप्ती जारी गर्दै प्रधानमन्त्री कार्यालयउले भनेको छ, “कैलाली बोक्सी को घोडाघोडी नगरपालिका–५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको र कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा तत्काल यथार्थ छानबिन गरी दोषीउपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिइएको छ ।

घटना घटेको जानकारी आउनासाथ प्रधानमन्त्री कार्यालयले यस विषयमा चासो प्रकट गर्दै तत्काल कारवाहीको पहल गरेको छ । हालसम्म प्राप्तविवरण अनुसार फागुन २४ गते बिहिबार राधा चौधरीलाई बोक्सीको आरोप लगाउँदै आफूलाई भोलेबाबा बताउने स्थानीय झाँक्री रामबहादुर चौधरीले घन्टौंसम्म कुटपिट गरेको खवर बाहिर आएको छ । प्रहरीले निज रामबहादुर चौधरीलाई छानबिनका लागिपक्राउ गरेपछि कानुनी कारवाहीको प्रक्रियामा जाननदिई उनलाई छोडिएको जानकारी प्राप्त भएको छ । मानवता विरुद्धको यस्तो जघन्य अपराधमा संलग्नजो कसैलाई पनिउन्मुक्ति हुन सक्दैन र दिइनेछैन ।

हाल स्वास्थ्योपचाररत राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने, थपउपचारका लागि उपयुक्त व्यवस्थागर्ने र घटनाको छानबिन गरी दोषीलाई कारवाहीगर्न सम्बन्धित निकाय अग्रसर भैसकेको छ ।

नेपाल लगायत विश्वले अन्तर्राष्ट्रिय महिलादिवस मनाइरहेको दिन नै घटेको यस्तो गम्भीर घटनाले अन्ध विश्वास र कुरीतिको जरा समाजको तल्लो तहमा फैलिएको प्रष्ट भएको छ । यस घटनाले आधुनिकमानवीय चेतना र सभ्यतालाई नै अपमान गरेको छ र देशकै बेइज्जत गरेको छ । यस्ता आपराधिक घटना भविश्यमा दोहोरिन नदिनजनतामा रहेको अशिक्षा, अन्धविश्वास र पछौटेपन जस्ता कुराहरुलाई दुरुपयोग गर्दै लाभान्वितहुन खोज्ने गतिविधिलाई कठोरताका साथ रोक्न जरुरी छ । यस्ता अन्धविश्वास विरुद्ध लड्न र तिनलाई निर्मूल पार्न सरकारलाई सधैं सबै नागरिकको सहयोग प्राप्तहुने अपेक्षा गर्दछौं ।”