अन्तर्राष्ट्रिय

दक्षिण कोरियाली राष्ट्रपति भन्नुहुन्छ– अमेरिका कोरिया वार्ता ऐतिहासिक

सोल । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच हुने भनिएको वार्ता एक ऐतिहासिक उपलब्धि हो भनेका छन्।

उहाँले भन्नुभयो– यो एक वास्तविक उपलब्धि हो र यसबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि ठूलो सघाउ पुग्नेछ ।

मैले भर्खरै सुनेँ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उन आगामी मे महिनाभित्रमै वार्तामा बस्दै छन्, यसले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना र उत्तर कोरियाली अणुअस्त्रको उत्पादन घटाउने काममा सहयोग पु¥याउने छ ।

उनले यस वार्ताका लागि बस्ने भनी गरिएको सहमतिको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता उनलाई पनि विशेष धन्यवाद दिएका छन् ।

साथै यस भ्रमणले आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि उक्त बैठक एक महत्वपूर्ण घटना हुने र यसले कोरियाली मात्र नभएर संसारकै नागरिकको शान्तिको इच्छा आकांक्षामा सघाउ पु¥याउने पनि बताएका छन्।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनका विशेषदूतका रूपमा राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ इयु–योङ र अर्का एकजना दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुख बिहीबार अमेरिका गएका थिए ।

उनीहरुले उत्तर कोरियाली नेता किमको पत्र अमेरिकी राष्ट्रपतिलाई दिएको थियो । सो पत्रमा वार्ताका लागि नेता किमले आग्रह गरेका थिए।

उक्त पत्र प्राप्तगरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग आफू वार्ताका लागि तयार रहेको बताउनुभएको विशेषदूत चुङले वासिङ्टनमा जानकारी दिएका छन् ।