राजनीति

मुख्य मन्त्री गुरुङद्वारा विश्वासको मत प्राप्त

पोखरा । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि गरेको प्रस्तावमा ४१ जनाले उनको पक्षमा मतदान गरे भने १७ जनाले विपक्षमा मतदान गरेका थिए ।

साठी सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको २७ र माओवादीको १२ सदस्य रहेकोमा राष्ट्रिय जनमोर्चाका तीन जनाले पनि आज उनको पक्षमा मतदान गरेका थिए ।

विश्वासको मतको विपक्षमा नेपाली काँग्रेसको १५ र नयाँ शक्तिका दुई जनाले मतदान गरे ।

मतदानमा सभामुख नेत्रनाथ अधिकारी सहभागी भएन भने मनाङका स्वतन्त्र तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले हालसम्म शपथ लिएका छैनन् ।

आजको बैठकमा प्रदेशसभा नियमावली २०७४ लाई पारित गरियोस् भनी प्रदेशसभा सदस्य प्रभा कोइरालाले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको थियो ।

अर्को बैठक फागुन २७ गते दिनको ११.०० बजे बस्नेछ ।