आर्थिक

एनआइसीको एशिया बैंकको ‘धनवर्षा मुद्धती खाता’ कार्यक्रम सार्बजनिक

काठमाण्डौ । “बैंक पनि, साथी पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको राष्ट्रकै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस एन आई सी एशिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ लाई री–लञ्च गरेको छ ।

एक बर्ष अवधिकोे उक्त मुद्धती खातामा वार्षिक १२% का दरले मासिक रुपमा व्याज भुक्तानी गरिने छ । मुलुकभरका विभिन्न स्थानहरुमा छरिएर रहेको १८० शाखा सञ्जालहरु मध्ये जुनसुकै शाखाबाट उक्त मुद्धती खाता खोल्न सकिने र मुद्धती रसिदको धितोमा मौज्दातको ९०% सम्म कर्जा समेत उपलब्ध गराउन सकिने बैंकले जनाएको छ ।

त्यसैगरी, यसअघि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको ‘समुन्नति प्लस बचत खाता’ ग्राहकहरु माझ अत्यन्त लोकप्रिय रहि उत्साहप्रद रुपमा सञ्चालनमा रहिरहेको छ । ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १०% का दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।