आर्थिक

एनआईसी एशिया बैंकको नयाँ शाखा मनहरिमा

कठमाण्डौ । बुधबार एनआईसी एशिया बैंकको नयाँ शाखा उद्घाटन भएको छ । मनहरि गा.पा. वडा नं. ०७, मनहरि, मकवानपुर स्थित मनहरि शाखाको बुधबार गते एक समारोहका बिच मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीबाट विधिवत् समुद्घाटन सु–सम्पन्न भएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । मनहरि शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको स हायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले बताएका छन् ।