आर्थिक

अरबौंको भ्रष्टाचार आरोप लागेका चुडामणी शर्मा ४५ लाख धरौटीमा छुटे

काठमाण्डौ । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसंधान आयोगले नियन्त्रणमा लिएर अनुसंधान गरिरहेका निलम्बित आन्तरिक राजश्व बिभागमा महा निर्देशक चुडामणी शर्मा ४५ लाख धरौटीमा छुटेका छन् ।

४ करोड २९ लाख बढी बिगो दाबी गरी अख्तियारले मुद्धा दर्ता गरेपनि बिशेष अदालत काठमाण्डौले धरौटीमा छाडेको छ ।  करपछ्यौटको समेत मुद्धा बिचाराधिन रुपमा रहेका शर्माले ईन्भेष्टमेन्ट बैंकलाई ग्यारेण्टी राखेर छुटेका छन् ।

माघ १५ मा बिशेष अदालतमा अख्तियारद्वारा मुद्धा दर्ता गरिएका उनको मुद्धाको पेशी २२ गरे तोकिएके छ ।