कृषि

गाईको संरक्षण गर्न माग

काठमाडौं । जगत गुरु नेपाल सञ्चार केन्द्रले नेपालमा छाडा छाडिएका गाईको उचित व्यवस्थापन तथा पालन पोषणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो केन्द्रले नेपालको पश्चिमी भेगको जंगलमा अलपत्र छाडिएका गाई तथा गोरु खाना र पानीको अभावमा मर्ने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गरेको छ । गाई–गोरु धनीले दूध आउन्जेल दूध लिने दूध नदिएपछि बेवारिसे अवस्थामा छाडिने गरेको र सरकारले पनि उनीहरुको खानपानमा ध्यान नदिएको पाएको आफूले पैदल भ्रमणका क्रममा देखेको बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीले जानकारी दिए ।

उनले खाना नपाई गाई मरेकामा दुःख व्यक्त गर्दै राष्ट्रिय जनावर गाईको सुरक्षा गर्न सरकारसँग माग गरे । केन्द्रका अध्यक्ष शम्भु निरौलाले गाईको उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गए ।