समाचार

एमाले नेता अधिकारी अस्पतालबाट घर फिर्ता

काठमाडौँ । नेकपा (एमाले) का नेता भरतमोहन अधिकारी अस्पतालबाट घर फिर्ता भएका छन् । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा हर्नियाको शल्यक्रिया गराएका नेता अधिकारी आईतबार चिकित्सकको सल्लाहमा घर फिर्ता हुनुे उनका स्वकीय सचिव महेश विष्टले जानकारी दिए ।

हर्नियामा समस्या आएपछि शुक्रबार उनी अस्पतालमा भर्ना भई शल्यक्रिया गराएका थिए । शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।