राजनीति

प्रतिनिधिसभा सदस्यको शपथमा चार सांसद अनुपस्थित

काठमाडौँ । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो । प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहेको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए ।

सांसदहरुलाई ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ गराएका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित थिए ।

सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित रहेको बताइएको छ ।