अन्तर्राष्ट्रिय

‘पाकिस्तानी सिनेट निर्वाचनमा पिएमएलको अग्रता रहने’

इश्लामावाद, पाकिस्तान । पारदर्शीताको प्रत्याभुत गराउने कडा मापदण्डका साथ शनिबार पाकिस्तानमा आगामी छ बर्षका लागि सिनेटका ५२ सदस्यको निर्वाचन गरिएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनको मतदान प्रक्रिया स्थानीय समयअनुसार विहान नौ बजेदेखि शुरु भै अपरान्ह् चार बजे सम्पन्न भएको छ ।
निर्वाचनका लागि ११० पुरुष तथा २५ महिला गरी १३५ जनाले पाकिस्तानका सबै चार प्रान्तबाट सिनेटको ५२ सिटका लागि प्रतिस्पर्धा गरेका छन् ।

पन्जावबाट छानिने १२ सदस्यका लागि २० उम्मेदवार, सिन्ध प्रान्तको १२ का लागि ३३ उम्मेदवार, उत्तर पश्चिम ख्यबर पाख्टुङ्ख्वा प्रान्तका ११ सदस्यका लागि २५ उम्मेदवार, केन्द्र प्रशासित जातीय क्षेत्र (फाटा) बाट निर्वाचित हुने चार सदस्यका लागि २४ जना र इश्लामावादबाट छानिने दुई सदस्यका लागि छ जना उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गरेका निर्वाचन आयोगले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

प्रतिश्पर्धामा रहेका उम्मेदवारमध्ये २० जना पूर्व पाकिस्तानी प्रधानमन्त्रीको दल तथा वर्तमान् सत्तारूढ दल पाकिस्तान पिपुल्स पार्टी(नवाज –पिएमएल–एन)को तर्फबबाट प्रतिस्पर्धामा रहेका छन् भने पूर्व राष्ट्रपति असिफ जर्दारीको दल मताहिद्दा कुवामी मुभमेन्टबाट १४ जना, पाकिस्तानी तेहरिक ए इन्साफबाट १३ जना र ६५ जना स्वतन्त्र उम्मेदवारले सिनेटका ५२ सदस्यमा प्रतिस्पर्धा गरेका छन् ।

स्वतन्त्र ६५ उम्मेदवारमध्ये २३ जनालाई पाकिस्तानी सत्तारूढ दल पिएमएल–एनले खडा गरेको छ । उनीहरूसबैलाई पाकिस्तानको सर्वोच्च अदालतले गत हप्ता मात्र निर्वाचन लड्न अयोग्य ठहर गरेका उम्मेदवार रहेका छन् ।
निर्वाचनका लागि उम्मेदवारी दिउका १३५ जनामध्ये चार जनाले अन्य आफु निकट मानिने उम्मेदवारको समर्थनमा आफ्नो उम्मेदवारी फिर्ता गरेका आयोगले जनाएको छ ।

पाकिस्तानी राजनीतिक विश्लेषकले ५२ सदस्यीय सिनेटको निर्वाचनमा सबैभन्दा बढी सिटमा सत्तारूढ दलकै विजयी हुने देखिएको बताएका छन् ।

पञ्जावको प्रदेश सभामा तथा पाकिस्तानी तल्लो सभामा दुई तिहाई बहुमत रहेको पिएमएलको १५ सदस्यभन्दा बढी निर्वाचित हुनसक्ने सम्भावना रहेको विश्वास विश्लेषकको छ । यसले वर्तमान् सत्तारूढ दलको संसदमा बहुमत रहने देखाएको छ ।