आर्थिक

राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’

काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’ भन्ने मूलनाराकासाथ आइएमईले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्षितगरि गत डिसेम्बर १५ देखि दुई महिनालामो स्किम सार्वजनिक गरेको थियो । स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँचजना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एकजना भाग्याशाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध गराइएको थियो ।

भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमईका प्रमुख विक्री अधिकृत रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्कगर्दा संयुक्तअधिराज्य बेलायतबाट नेपालमा आइएमई गरि कूल नेपाली रुपैयाँ ३४ हजार ४ सय ३६ पठाउने आइएमई सेवाग्राही राई भाग्यशाली छनोट भएका हुन् । सेवा र शर्त अनुसार सेवाग्राही राई स्वयम् वा नीजले सिफारिस गरेको व्यक्तिले उक्तउपहार पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै योजना अवधिमा विदेशस्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु मनीग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लालबहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएका छन् । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमईका प्रमुख संचालन अधिकृत खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्कगर्दा साइप्रसबाट मनीग्राममार्फत पठाएको पैसा नेपालमा आइएमई मार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित भएक छन् । सेवा र शर्त अनुसार सेवाग्राही गुरुङ्ग स्वयमले उक्तउपहार पाउने व्यवस्था गरिएको छ ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवाशुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६०आईएमई सेन्टरसहित७५ जिल्लाका ७ हजार १सयभन्दा बढी सव–एजेन्ट र बैंकतथावित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको कम्पनीले दाबी गरेकोछ ।