आर्थिक

वेलकमले भब्य रुपमा होली मनायो

काठमाण्डौ । एडभरटाईजिङ्गमा एजेन्सीले फाल्गुपूर्णिमाको अवसरमा वेलकम कार्यरत कर्मचारीहरुका बिच धुमधामका साथ होली को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । आनका पूर्व अध्यक्ष्य एव वेलकम गु्रपका अध्यक्ष निर्मलराज पौडेलद्वारा सबै कर्मचारीलाई विभिन्न प्रकारका रंगहरु लगाई होलीको शुभकामना दिदै भने हासो तथा खुसि सबैका लागि, सधैका लागि हुनुपर्दछ ।

होली पर्वले गिष्म ऋतुको शुरुवात भएको जनाउँछ भने असत्य माथि सत्यको बिजय पनि प्रतिनिधित्व गर्दछ । वेलकम एडभरटाईजिङ्गको प्राङ्गणमा विभिन्न प्रकारका रंगहरु, सवै कर्मचारीको सेतो टिर्सट तथा संगित र मौसमले पनि साथ दिएको थियो ।

होली कार्यक्रमको अत्यमा एकै ठाउँमा खाजाको राम्रो प्रवन्ध गरिएको र भव्यताका साथ कार्यक्रम सु–सम्पन्न गरिएको थियो यस प्रकारको कार्यक्रमले कर्मचारी बिच आपसी सद्भाव भाइचाराको राम्रो विकास हुने विश्वास गरिएको छ ।