पर्यटन/संस्कृति

महामूर्खमा मधेशबादी नेता वृषेशचन्द्रलाल र पटमुर्खमा यादब

जनकपुरधाम । मधेशबादी दलका नेता वृषेशचन्द्र लाललाई यस वर्षको महामूर्खको उपाधि प्रदान गरिएको मिथिला नाट्य कला परिषद्ले बिहीबार जानकी मन्दिर परिसरमा आयोजित महामूर्ख सम्मेलनमा उनलाई सो उपाधि प्रदान गरेको हो । लाल हाल राष्ट्रियसभा सदस्य पनि छन् ।

होरी उत्सवका सन्दर्भमा परिषद्ले विगत २२ वर्षदेखि भाषा, साहित्य, कला र संस्कृतिकर्मी, लेखक, राजनीतिकर्मी, विश्लेषक, समाजसेवी, निर्माण व्यवसायीलाई सो उपाधि प्रदान गर्दै आएको छ ।

त्यस्तै परिषद्ले १५ जनालाई पटमूर्ख उपाधिअन्तर्गत विभिन्न मानपदवी पनि प्रदान गरेको छ । पटमूर्खको उपाधि पाउनेमा राष्ट्रियसभा सदस्य मुक्ता यादव, प्रदेशसभासदस्य रामअशिष यादव, परमेश्वर साह र प्रमिलादेवी दास रहेका छन् ।

राजनीतिकर्मी हरिप्रसाद मण्डल, रामज्ञान मण्डल, रेणु झा र रीता झा, उद्योग वाणिज्य संघका अध्यक्ष लालित साह र निर्माण व्यवसायी हीरा भगतलाई पटमूर्खको उपाधि प्रदान गरिएको छ ।

त्यस्तै पटमूर्खको उपाधि पाउनेमा पत्रकार महेश दास, कवि बृजमोहन झा र भाषा, साहित्य एवं राजनीति अभियानी जीवनाथ चौधरी छन् । तराई क्षेत्रमा आज होली पर्व मनाइदैछ ।