राजनीति

उपेन्द्र यादबसंग बाम गठबन्धनको वार्ता भागबण्डाका कारण निश्कर्षबिहीन

काठमाण्डौ । उपेन्द्र यादबसंग बालुवाटारमा बसेको बाम गठबन्धनको बैठक बिना निश्कर्ष टुंगिएको छ । संघीय समाजबादी फोरमका अध्यक्ष यादबको पार्टीले तीन मन्त्रालय मागेपछि बाम गठबन्धनले दिन नमिल्ने भनेपछि उक्त बैठक बिना निश्कर्ष टुंगिएको छ ।

बुधबार साँझलामो समय एमाले–माओबादीको बैठक बसेपनि कुरा मिल्न नसकेपछि आज ९ बजे पुनः बैठक बसेको थियो । जम्मा १७ वटा मन्त्रालय बनाउन मिल्ने भएपनि माओबादी केन्द्र र एमालेलाई नै भागबण्डा मिलाउन गाह्रो भएपछि संघीय समाजबादी फोरम थपिएपछि भागबण्डा ब्यबस्थापन गर्न गाह्रो भएको हो ।

होलीको दिनपनि नभनी डाकिएको बैठकले संघीय समाजबादी फोरमलाई सरकारमा ल्याउने सहमती गर्न सकेन । एमाले स्रोतका अनुसार उपेनद्र यादबले बार्गेनिङ गरेका हुन् केहीदिन पछि उनी सरकारमा आउछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली गिभ एण्ड टेकमा सहमती गरेर भएपनि मधेशबादी पार्टीलाई सरकारमा ल्याउने बिचारमा भएको बताईएको छ । फोरम पनि सरकारमा गएमात्र जनताका काम बढी गर्न सकिने हुंदा सकेसम्म बढी लिएर सरकारमा जाने निर्णयमा पुगेको पछिल्लो बिकशित राजनीतिक घटनाक्रमले देखाउछ ।