आर्थिक

रामशरण महतले उदेघाटन गरेपछि धादिङ महोत्सव शुरु

मलेखु, धादिङ । ‘एक घर, एक व्यवसाय’ भन्ने नाराका साथ आजदेखि धादिङ महोत्सव शुरु भएको छ । बाह्र दिनसम्म सञ्चालन गरिने उक्त महोत्सवको उद्घाटन कार्यक्रममा भिन्नभिन्न समुदायका वेशभूषा, रहनसहन, संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो ।

चितवनबाट ल्याइएको हात्तीले अगुवाइ गरेको ¥यालीमा घोडचढी नाच पनि समावेश थियो ।

साना तथा मझौला व्यवसायी महासंघको आयोजनामा पूर्व धादिङवेसी बजारमा सञ्चालन हुने उक्त महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र रु १० करोडको कारोबार हुने अनुमान गरिएको महासंघका जिल्ला अध्यक्ष रामलाल श्रेष्ठले बताए ।

महोत्सवको पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता रामशरण महतले उद्घाटन गरेका थिए ।

महोत्सवको अवसरमा हात्ती सफारी, हेलिकप्टरबाट गणेश हिमाल अवलोकनलगायत उत्तरी धादिङका मनोरम दृश्यहरूको अवलोकन गराउने व्यवस्था आयोजकले मिलाएको छ ।

महोत्सवमा २२० वटा स्टलहरू राखिएका छन् ।