उर्जा

माथिल्लो भोटेकोशी विद्युत् आयोजनाको पुनःनिर्माण शुरु

चौतारा । माथिल्लो भोटेकोशी विद्युत् आयोजनाको पुनःनिर्माण शुरु भएको छ । तीन वर्षदेखि बन्द अवस्थामा रहेको सो आयोजनाको पुनःनिर्माण कार्य शुरु भएपनि विद्युत उत्पादन हुन अझै दुई वर्ष लाग्ने जनाएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित निजी क्षेत्रबाट सञ्चालित ४५ मेगावाटको सो आयोजना विसं २०७२ को भूकम्प र विसं २०७३ को बाढीले क्षतिग्रस्त हुँदा त्यसको उत्पादन बन्द भई कम्पनी र राष्ट्रले ठूलो घाटा ब्यहोर्नु परेको छ ।

विसं २०७१ साउन १७ गतेको जुरे पहिरोले प्रसारण लाइनको टावरलाई क्षति पुु¥याएपछि झण्डै चार महिना उत्पादन बन्द भएका थिए । मर्मतपश्चात सञ्चालनमा आएको केहि महिनापछि विसं २०७२ को भूकम्पले पुनः क्षति पुु¥याएको थियो । त्यसपछि मर्मत भइरहेको सो आयोजनालाई विसं २०७३ असार २१ गते तिब्बतबाट आएको भोटेकोशी बाढीले पुनः क्षतिग्रस्त बनाएको आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले बताए ।

अहिले चीनको सिनो हाइड्रो कम्पनीसंग रु सात अर्बको लगानीमा आयोजना पुनःनिर्माणको ठेक्का सम्झौता भएको छ । आगामी दुई वर्षभित्र आयोजनाको पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशक स्थापितले जानकारी दिए ।

बाह्रबिसे–तातोपानी सडकखण्डअन्तर्गत साविक तातोपानी गाविसको १० किलो भन्ने स्थानमा बाँध बाँधेर तीन दशमलव पाँच किमी सुरुङमार्फत फुलपिङकट्टीको झिर्पुमा निर्मित विद्युत्गृहमा पानी खसालिएको थियो । बाढीले सुरुङमार्गबाहेक बाँध स्थल, विद्युत्गृह, पेन स्टक पाइप, प्रसारण लाइनको केही टावर क्षेत्र र विद्युत्गृहमा रहेका सम्पूर्ण उपकरणमा क्षति पुु¥याएकाले मर्मत तथा नयाँ निर्माण गर्नुपर्ने आयोजनाले जनाएको छ ।

प्रजातन्त्र पुनःस्थापनापछि विसं २०५१ मा अरुण तेस्रो जलविद्युत् आयोजनाबाट लगानीकर्ताले हात झिकेपछि निजी क्षेत्रबाट यो आयोजनाको निर्माण कार्य शुरु भएको थियो । अमेरिकाको पाण्डा इनर्जी र हार्जा कर्पोरेसनले विसं २०५३ मा शुरु गरेको सो आयोजनाबाट उत्पादित विद्युतलाई अमेरिकी डलरमा खरिद गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता भएको थियो ।

शुरुमा ३६ मेगावाटको स्वीकृति पाएको सो आयोजनाले पछि ४५ मेगावाटको स्वीकृति पाएको थियो ।