समाचार

आज ३ बजे मन्त्रीपरिषद बिस्तार गर्दै प्रधानमन्त्री ओली

काठमाण्डौ । फागन ३ गते प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले आज ३ बजे मनत्रीपरिषद बिस्ताग गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रथमपटक दुईजना मन्त्रीलाई सपथ ख्वाएका प्रधानमनत्रीले माओबादीबाट मन्त्री बन्नेहरुले लिष्ट पाइसकेपनि आफ्नै पार्टीका धेरै साँसदहरुले मन्त्री बन्ने ईच्छा देखाएका कारण छान्न सकेका छैनन् ।

माओबादीबाट रामबहादुर थापा गृहमनत्रालय सहित सरकारको नेतृत्व गर्नेछन् भने एमालेबाट मन्त्री बन्ने छान्न बरिष्ठ नेता माधब कुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम, ईश्वर पोख्रेल लगायतका शीर्ष नेताहरु गृहकार्य गरिरहेका छन् । आज ३ बजे सपथ ख्वाउनेगरी माओबादी केन्द्रका नाम पठाएको नेता जनार्दन शर्माले स्विकार गरेपनि नाम भने सार्बजनिक गरिएको छैन ।
पहिलोपटक भागबण्डा नमिलेका कारण माओबादी केन्द्रले नानम नपठाएपनि आज बिहान आफ्नो पार्टीका तर्फबाट मन्त्री हुनेहरुको नाम प्रधानमन्त्री ओलीलाई बुझाएको छ । अध्यक्ष दहालले आईतबार नै मन्त्री परिषद बिस्तार हुने बताएपनि माओबादी केन्द्रले समेत नानमाहरु पठाउन नसकेका कारण हिजो बिस्तार हुन सकेन ।

एमालेले सबै नाम छान्न नसकेमा केही नामहरु छानेर अर्कोपटक बिस्तारका लागी राखेर भएपनि आज मन्त्री परिषद बिस्तार गर्ने मनशायमा प्रधानमन्त्री ओली रहेको वालुवाटार स्रोतको दाबी छ ।