अन्तर्राष्ट्रिय

क्युवाले मनायो १२३ औँ स्वतन्त्रता दिवस, तीन वरिष्ठ नेतालाई सम्मान

हवाना, क्युवा । स्पेनबाट क्युवाको स्वतन्त्रता भएको दिनको सम्झना गदै शनिबार क्युवाले १२३ औँ स्वतन्त्रता दिवस मनाएको छ ।

यसै सन्दर्भमा क्युवाका राष्ट्रपतिले राहुल क्यास्ट्रोले सन् १९५९ को क्रान्तिमा योगदान पु¥याएका वरिष्ठ तीन नेतालाई ‘गणतन्त्रका नायक’ को उपाधीले विभूषित गरेको छ ।

सम्मानित हुनेमा स्पेनबाट क्युवालाई स्वतन्त्र बनाउन १८९५ फेब्रुवरी २४ मा विशेष योगदान पु¥याउनुभएका जोस मार्टी, रामिरो पाँचौँ, गुलेर्मो गार्सियालाई ‘गणतन्त्रका नायक’ को उपाधीले सम्मानित गरिएको हो । फिडेल क्यास्ट्रो तथा तथा उनी आफैलाई क्युवाको क्रान्तिमा सहयोग गर्ने सम्मानित व्यक्तित्व ८५ बर्षीय रामिरो पाँचौँ तथा ९० बर्षीय गुलेर्मो गार्सिया अहिले पनि जिवित छन् ।

विरलै आउने राहुल क्याष्ट्रोको सम्बोधनमा उनले मार्टीको राष्ट्रियताप्रतिको सङ्कल्पको प्रसंशा गरेका थिए ।