आर्थिक

सबैभन्दा बढी चुक्तापूँजी भएको इन्भेष्टमेन्ट बैँक १८ अर्ब ७० करोड सेयरधनी कोष

कठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले स्थापनाकालको ३२औं वर्ष पूरा गरेको छ । यस अवधिमा आफ्ना ग्राहकहरुको निरन्तरको विश्वास तथा आत्मिय सहयोग प्राप्त गरी व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तुष्टिलाई उच्चस्तरमा राख्न सफल भएको छ ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा तथा ९८ वटा एटिएमबाट सेवाप्रदानगर्दै आएको छ । ५ लाख ५०हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ६३ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले आ.व. २०७३/७४ मा रू.५ अर्ब २४ करोडको सञ्चालन मुनाफा–सम्भावित नोक्सानीव्यवस्था अगाडिको) कमाएको थियो भने बैंकको खुदनाफा रू.३ अर्ब ११ करोड रहेकोे थियो । साथै सो आर्थिक वर्षको अन्त्यमा बैंकको चुक्ता पूँजी रु १०अर्ब ६२ करोड भन्दा बढी भइ निजी बैंकहरू मध्ये सर्वाधिक चुक्ता पूँजी भएको बैक बनेको छ भने २०७३–७४ को अन्त्यमा बैंकको शेयरधनी कोष रु १८ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा बैंकले रु एक सय ३० अर्ब निक्षेप संकलन गरी एक सय १४ अर्ब कर्जा लगानी गरेको छ । यस अवधिसम्ममा बैंकले रु १ अर्ब ८३ करोड खुदनाफागर्न सफलभएको छ । दोस्रो त्रैमास सम्ममा बैंकको पूँजी पर्याप्तता अनुपात १३.०७ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई १.१२ प्रतिशतमा सिमित रहेकोछ । साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थपशाखा खोली ग्राहक संजाललाई अझविस्तार गर्ने योजना बनाएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइसिआरए नेपालबाट “क”वर्गको मान्यता प्राप्त गरिरहेको छ । साथै बैंक अफदिइयर पाँच पटकसम्म प्राप्तगर्ने नेपाल इन्भेष्टमेण्ट बैंक नेपालको एकमात्र बैंक रहेको छ ।