पु.समाचार

फोनिज’ बागलुङ अब नागरिकका पत्रकार घर्तीको नेतृत्वमा

बागलुङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागलुङ शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।

शाखाको दोस्रो अधिवेशनले संगम घर्तीमगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । शाखाको उपाध्यक्षमा प्रकाश छन्त्याल, सचिवमा लिला थापा, सहसचिवमा डम्बर बुढा र कोषाध्यक्षमा तनमती रोका रहनुभएको छ । यस्तै, दुई सदस्य पछि थप गर्ने गरी छवि थापा र जीवन थापालाई सदस्यमा चयन गरिएको छ ।

अधिवेशनले केन्द्रीय प्रतिनिधिमा निवर्तमान अध्यक्ष दिल शिरीष, राजेशचन्द्र राजभण्डारी, विजय राना र सरस्वती पुनलाई चयन गरेको छ । यस्तै, प्रदेश प्रतिनिधिमा मनिष थापा, मञ्जुल शाक्य र श्यामकुमार थापा रहनुभएको छ । नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम आइतबारै सम्पन्न भएको छ ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष घर्तीमगरले आदिवासी जनजातिका मुद्दासँगै समग्र नेपाली पत्रकारिताको हितमा संगठनले काम गर्ने बताए । घर्तीमगर नागरिक दैनिकमा कार्यरत पत्रकार हुन् ।