राजनीति

पाँच वर्ष काँग्रेस सत्ता बाहिर बस्छ : प्रवक्ता शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस आगामी पाँच वर्षसम्म सत्ताको बागडोर नलिने पक्षमा रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको ‘संघीयतामा प्रेसको भूमिका’ विषयक कार्यक्रममा उनले सत्ता बाहिर बसेर लोकतन्त्रको सुदृढीकरण, संघीयता र संविधानको कार्यान्वयनमा पार्टी गोलबद्ध हुने बताए ।

उनले नेपाली राजनीतिमा परिवर्तनको मियोका रुपमा स्थापित काँग्रेसलाई आगामी पाँच वर्षमा अब्बल पार्टीमा दर्ज गराई पार्टीका तलदेखि माथिसम्मका कुनै नेताले विश्राम नलिने उद्घोषसमेत गरेका छन् ।

सो अवसरमा प्रवक्त शर्माले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश शर्मा, न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली र नेपाल टेलिभिजन सञ्चालक समितिका सदस्य गोविन्द धिताललाई सम्मान गरेका थिए

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा नेपाली प्रेसले पु¥याएको योगदानलाई कसैले भुल्न नहुने चर्चा गरे ।